Sunday, 26 August 2018

सिराहा मा दुखद घटना : आफ्नै छोरा काल बनेर आएपछी 45 बर्ष को उमेरमै उमेश बिते …


सिराहा मा दुखद घटना : आफ्नै छोरा काल बनेर आएपछी 45 बर्ष को उमेरमै उमेश बिते …

छोराले आफ्नै बुबालाई कुटेर मरे , छोरा पक्राउ लहान । आफ्नै छोराको कुटपिटबाट गम्भीर घाइते सिरहाको लहान नगरपालिका–१८ मनर्वाका एक जनाको मृत्यु भएको छ ।

घरायसी विवादमा २५ वर्षीय छोरा सञ्जय सदायको कुटपिटबाट गम्भीर घाइते भएका ४५ वर्षीय बुबा उमेश सदायको उपचारको क्रममा शनिबार साँझ विराटनगरस्थित न्यूरो अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

छोराको कुटपिटबाट गम्भीर घाइते भएका सदायको लहानस्थित रामप्रसाद उमा स्मारक अस्पतालमा भर्ना गरिएकोमा त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि न्यूरो अस्पताल

विराटनगर भर्ना गरिएको थियो । उपचारका क्रममा शनिबार उहाँको मृत्यु भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।

बाबुलाई कुटपिट गर्ने सञ्जयलाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

Anamol Kc talks about movie ‘Captain’ (video)



Kathmandu: Here is an exclusive interview with actor Anamol Kc. He is one of the famous actors in Nepali film industry. He has played some Nepali movie and they all are popular as well. Sometimes rumors come containing his name.



He is now busy on shooting of movie ‘Captain’. He says, he will appear in a different role in this movie. According to Anamol Kc, in the movie Captain, he is seen as an 18-year-old boy in a poor family. This movie is based on games.



He says he is reducing his 12 kg weight for that movie. He said that the story of soccer player was taken into the film, so he felt more aware and responsible for this movie.



Six world records by Nepali cricketers (video)



Kathmandu: There are many countries playing cricket in the world. But few countries are success in cricket. Among those few countries, Nepal is also one.



Nepal has more success in cricket. Nepali players are also exposing themselves as well. Today here in the exclusive video about Nepali cricket records, which are the unique records of the world.



Some successes are also registered in the Guinness Book of World record. Watch on the video about 6 Nepali records of Nepal cricket.

How to make Sandwich at home (video)



Kathmandu: Sandwich is an international food. However in Nepali kitchen, this food has also started to make its place widely. The sandwich is especially a young generation looking for in the menu. Children like also love it.



Required contents:

Finely chopped Capsicum

Boiled potato

/>Onion, Coriander leaves, Red chilly

नेपालको लगातार तेस्रो जीत, श्रीलङ्का ५ विकेटले पराजित



काठमाडौं । श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले तेस्रो अभ्यास खेलमा सहज जित हात पारेको छ। आइतबार भएको खेलमा स्थानिय कोल्ट्स क्रिकेट क्लबविरुद्ध ५ विकेटको जित निकालेको हो।

मलेसियामा अगष्ट २९ तारिख देखि सुरु हुने एसिया कप छनौटका लागि नेपालले श्रीलंकामा खेलेका तीनवटै अभ्यास खेलमा जित हात पारेको हो।कोट्सले दिएको २ सय १७ रनको लक्ष्य नेपालले ४२ दशमलव ४ ओभरमा ५ विकेट गुमाएर भेटाएको हो।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कोल्ट्सले ४९ दशमलव ५ ओभरमा सबै विकेट गुमाएर २ सय १६ रन बनाएको थियो। यसअघि नेपालले स्थानिय आर्मी क्लब तथा ब्लुमफिल्ड क्लबमाथि जित हात पारेको थियो। नेपाली टोली भोली मलेसिया प्रस्थान गर्नेछ।

घरमा एक्लै बस्ने यी १२ वर्षीय साजन विक, जसको भिडियोले मुटु बिझाउँछ

banner

काठमाडौँ । कान्छो छोरा सानो छँदै प्रेसरको रोगी भएका बाबु बिते। आमा विदेशमा छिन् । दुई दाजुहरु पनि विदेशमै छन् । एउटी दिदी सँगै थिइन् । उनी पनि बिहे गरेर पराई घर गइन् । अनि १२ वर्षका साजन बिक घरमा एक्लै भए । साजन नजिकैको स्कूलमा ५ कक्षामा पढ्छन् । उनी घरमा एक्लै बस्छन्। एक्लोपन नै उनको साथी भएको छ।

घर शुन्य छ । बोल्ने मान्छे कोही छैनन् । सुँगुरको पाठो र केही कुखुरा छन् उनी बाहेकका प्राणी। साजनलाई सबैभन्दा धेरै बुबाको माया लाग्थ्यो । बुबा कहिले नफर्किने बाटो लागे । बुबाको माया अब तस्बिर बनिसक्यो।

आमा र दुई दाजु विदेश गएपछि घरमा दिदीसँगै बस्थे । १४ वर्षकी दिदी पनि एकदिन उनलाई छोडेर हिँडिन् । त्यसपछि उनले आमाले विदेशबाट फर्किँदा ल्याएको टिभिलाई साथी बनाएका थिए। त्यो पनि बिग्रिएपछि यो घरमा उनी झनै एक्लिएका छन्। मनमा पीडा भएपनि हाँसेर बोल्ने यी परिपक्क बालकसँगको भिडियो।

Health Benefits of Garlic (video)



Kathmandu: Garlic has a pungent smell, and is good in certain dishes, but is there more to it? Why is it so often considered a great, healthy herb? Well, for one, it has the vital chemical compound Allicin, which is a wonderful therapeutic ingredient with many medicinal qualities.



Allicin contains sulfur, which gives the herb its pungent savor and peculiar smell. The health benefits of garlic are innumerable. It helps fight heart ailments, cold, and cough and lowers blood pressure. There is something irresistible about the aroma of roasted garlic.



While garlic is a common ingredient in every kitchen, in the ancient times, it was highly valued for its numerous health benefiting properties, which are still followed in many cultures today.



The sulfur-containing compound, Allicin, found in fresh, crushed or chewed garlic has anti-bacterial and anti-fungal properties, and some startling claims mention that it may help prevent some forms of cancer too.

Health benefits of sprouted beans (video)



Kathmandu: The nutrition found in sprouted grain is very beneficial for our physical and mental health. It contains fiber, which eradicate our hunger and provides enormous energy to body.



It can easily prevent most of the disease and the problem. It improves the digestive process, cholesterol control, and blood pressure control, improve skin care, increase eye strength, and improve immune system and many more.



All the health benefits from the sprouted grains come from vitamins, minerals, and organic elements found in it. It also contains the amount of protein and fiber, vitamins-K, Folets, vitamin-C and vitamin A.



Talking about minerals, Manganese, copper, zinc, magnesium, iron and calcium are found in the sprouted grains.



Watch the video to know more:

एशियाली खेलकूदमा नेपालकी ताराले बनाइन् तीन राष्ट्रिय कीर्तिमान


काठमाडौं । इण्डोनेसियमा जारी १८औँ एशियाली खेलकूदअन्तर्गत भारोत्तोलनको महिला ७५ केजीमा नेपालकी तारादेवी पुनले आइतबार तीन वटा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन् ।

बाह्रौँ दक्षिण एशियाली खेलकूद (साग)की कांस्य विजेता ताराले आफ्नै नाममा रहेको कीर्तिमानमा सुधार गर्ने क्रममा स्न्याचमा ७४ केजी, क्लिन एन्ड जर्कमा १०१ केजी र कूलमा १७५ केजीको भारवहन गरिन् ।

यसअघि स्न्याचमा ताराको नाममा ७३ केजीको कीर्तिमान थियो । ताराले स्न्याचमा तेस्रो लिफ्टमा कीर्तिमान रचेकी हुन् । पहिलो लिफ्टमा ७० केजी उठाएकी तारा दोस्रो लिफ्टमा ७४ केजी भार वहन असफल रहिन् । तेस्रो लिफ्टमा मात्र तारा ७४ केजी वजन उचाल्न सफल भएकी थिइन् ।

क्लिन एन्ड जर्कमा ९७ केजी र कूलमा १७० केजीको कीर्तिमान पनि ताराकै नाममा थियो । तीनै कीर्तिमान ताराले नेपालगञ्जमा गत जेठमा भएको एशियाली खेलकूदको छनोटमा राखेकी थिइन् । क्लिन एण्ड जर्कमा ताराले तीन लिफ्टमा क्रमशः ९३ केजी, ९८ केजी र १०१ केजी भारवहन गरेकी थिइन् । ताराले दोस्रो लिफ्टमै आफ्नो ९७ केजीको कीर्तिमानमा सुधार गरिसकेकी थिइन् ।

भारोत्तोलनमा नेपालको प्रतिस्पर्धा सकिएको छ । तारासहित चार खेलाडीले भारोत्तोलनमा प्रतिस्पर्धा गरेका थिए । त्यसमा सञ्जु चौधरी र कमलबहादुर अधिकारीले पनि राष्ट्रिय कीर्तिमान बनाए भने विकास थापा राष्ट्रिय कीर्तिमान बनाउन असफल भएको राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले जनाएको छ ।

मोदीमाथि किन खनिए राहुल गान्धी ?


एजेन्सी । यूरोप भ्रमणमा रहेका काँग्रेस आईका अध्यक्ष राहुल गान्धी लगातार विजेपी र प्रधानमन्त्री नरेन्द्र मोदीमाथि तिखो टिप्पणी गरिरेहेका छन् । शनिबार बेलायतमा आयोजित एक कार्यक्रममा उनी मोदीमाथि निकै आक्रमक बने ।

ओभरसिज काँग्रेसको कार्यक्रममा बोल्खै राहुलले मोदीले भारतीयको अपमान गरेको बताए । ७० वर्षसम्म काँग्रेसले केही नगरेको भन्ने मोदीको टिप्पणी भारतको अपमान भएको उनको भनाई छ । उनले भारत स्वतन्त्र भएपछि धेरै कुरामा अगाडी बढेको भन्दै प्रधानमन्त्री मोदीको टिप्पणीले काँग्रेसको नभइ भारतकै अपमान भएको बताए ।

आगामी वर्ष भारतमा आम निर्वाचन हुँदैछ । यसका लागि सत्तारुढ दल विजेपी र विपक्षी दल काँग्रेसबीच अहिलेदेखि नै आरोपप्रत्यारोप सुरु भइसकेको छ । अँझ भनौ एकअर्काप्रति कटाक्ष गर्ने रणनीति दुबै दलले लिएका छन् । जहाँ मोदी गान्धी परिवार र काँग्रेसमाथि खनिन्छन् उँही काँग्रेस नेताहरु रासस र विजेपीमाथि खनिन्छन् ।

युवतीको पिशाबको व्यापार ! पिशाब बेचेरै करोडपति



एजेन्सी । अमेरिकामा एक यूवति पिशाब बेचेरै करोडपति बनेको समाचार प्रकाशित भएको छ । त्यो पनि पे्रग्नेन्सी पोजेटिभ पिशाब ।
समाचारअनुसार अमेरिकाको फ्लोरिडाकी एक कलेज गर्ल गर्भवती भएकी थिइन् । उनले एक वेब साइटमा विज्ञापन गरिन् ।

उनले प्रिग्नेन्सी जाँचको २८ डलर लिने विज्ञापनमा उल्लेख गरेकी थिइन् । यस्तै उनले आफ्नो एक दुई थोपा पिशाब पनि बेच्ने बताएकी थिइन् । यो विज्ञापनपछि उनले पिशाबको व्यापार सुरु गरिन् । उनले पिशाब बेचेर दैनिक २०० डलर आम्दानी गर्थिन् । उनको विज्ञापन भाइरल भएपछि पिशाब किन्न महिलाहरुको भीड लागेको बताइएको छ ।

खासमा उनको पिशाब किन किन्थे भन्ने विषय अँझ रोचक छ । प्रिग्नेन्ट भएको बताएर केटाहरुलाई ब्ल्याकमेल गर्न महिलाहरु ती यूवतिबाट पिशाब किन्ने गरेको बताइएको छ । केटाहरुले धोका दिने शंका भएका यूवतिहरु ती यूवतिबाट प्रिग्नेन्सी पोजेटिभ पिशाब लिएर ब्ल्याकमेल गर्ने गरेको बताइएको छ ।

ती यूवतिको यो धन्दा त्यतिबेला पर्दाफास भयो जब एक टेलिभजनले स्टीङग रिपोर्ट गर्यो । ब्ल्याकमेल गर्न उनको पिशाब प्रयोग हुने गरेको खुलासा भएपछि पिशाबको व्यापार बन्द भएको छ भने ती पिशाब व्यापारी यूवतिलाई प्रहरीले पक्राउ गरेको छ ।

यो मन्दिरमा गएपछि भाई बहिनी पनि बन्छन् दम्पती, यस्तो छ रहस्य


एजेन्सी । दुनियामा यस्ता कयौं अनौठा स्थान छन् जसकाबारेमा सुनेपछि दिमाग खराब हुन्छ । यहाँ यस्तै अनौठो विषयबारे समाचार प्रकाशित भएको छ।

भारतको उत्तरप्रदेशस्थित जालौन जिल्लमा एक मिनार छ । जसलाई लंका मिनारका नामले चिनिन्छ । यस मिनारमा रावण र उसका परिवारको मुर्ति राखिएको छ । यो मिनारको उँचाई २१० फिट छ जसलाई मथुरा प्रसाद नाम गरेका व्यक्तिले १ लाख ७५ हजार रुपैयाँ खर्च गरेर बनाएका थिए । यस लंका मिनारको निर्माण यसै कलियुगमा भएको बताइन्छ ।

अनि प्रश्न उठ्छ की मिनारमा रावण र उसका परिवारको मुर्ति किन राखियो ? रावणलाई पूजा गर्नेहरु कोही छैनन् । यो मिनारसँग सम्बन्ध राख्ने दुई खास कुरा छन् । पहिलो कुरा के हो भने यो मिनार बनाउने मथुरा प्रसादले धेरै वर्षसम्म रामलीलामा रावणको भूमिका निभाएका थिए जसका कारण मानिसहरु उनलाई रावणकै नामले चिन्थे । मथुराले यो मिनार १८५७ निर्माण गरेका थिए । यो मिनार बनाउन २० वर्ष लागेको बताइन्छ।

मिनारमा एक एक शिव मन्दिर पनि बनाइएको छ । रावण शिव भक्त भएकाले सो मन्दिर बनाइएको बताइएको छ । यो मिनारमा भाइ र बहिनीलाई प्रवेश गर्न प्रतिबन्ध लगाइएको छ । यसको कारण के हो भने मिनारको माथिल्लो भागसम्म पुग्न सात फेरा लगाउनुपर्छ । सात फेरा लगाउने केटाकेटी श्रीमानश्रीमती बन्ने भएकाले यस्तो प्रतिबन्ध लगाइएको हो ।

हिन्दु परम्पराअनुसार ७ फेरा लिएपछि बिहे भएको मानिन्छ ।

महिनावारी भएको बेला पुजापाठ गर्नु हुन्छ की हुदैन ?



महिनावारीलाई हिन्दु धर्मका विभिन्न कथाहरु सुनाइदा पापको रुपमा सुनाइन्छ । त्यसैले महिनावारी भएको महिला मन्दिर वा पूजा गर्ने ठाउँमा, भान्सामा, पवित्र स्थलमा जानु हुँदैन र पवित्र मानिने वस्तुहरु छुनु हुँदैन भन्ने मान्यता छ ।

युवा ज्योतिष हरिहर अधिकारिले भने यस विषयमा आफ्नो छुट्टै विचार राखेका छन् । उनका अनुसार महिनावारि बार्नु धर्मसंग होइन परम्परासंग जोडीएको छ । धर्ममा कतै पनि महिनावारीलाई पापको रुपमा व्याख्या नगरिएको उनी बताउँछन् ।

अधिकारी भन्छन्, ‘मन्दिरहरु गाउँ देखि धेरै टाढा, जंगलमा बनाइने गरिन्थ्यो । महिलाहरु हरेक दिन मन्दिरमा पूजा गर्न जान्थे । महिनावारिको समयमा रगतको गन्ध छिटो थाहा पाउन सक्ने जनावरहरुले उनीहरुलाई आक्रमण गर्न थाले ।

जसले गर्दा महिनावारीको समयमा मन्दिर जान नहुने चलन एउटा घरले चलायो । त्यसलाई राम्रो मानेर अरुले पनि त्यही चलन अपनाउन थालेपछि त्यो परम्परा बन्यो ।

वस्ती ध्वस्त पारेपछि हात्ती मार्ने तयारी, हेलिकप्टर र क्रेनले बोकेर पुयाईयो ७० किमी टाढा



एजेन्सी । दक्षिण अफ्रिकाको लिंपोपो प्रान्तमा एक हात्ती मानिसको वस्तीमा उत्पात मच्चाउन थालेपछि सरकारले गोली हानेर मार्ने तयारी गरेको छ। ६५०० किलोको यो ४५ वर्षीय हात्तीले वरपर भएका वस्ती र जनताको सम्पति ध्वस्त पार्न थालेपछि सरकारले कानुन अनुसार नै गोली हानेर मार्न लागेको हो।

हाल हात्तीलाई धेरै टाढा पुर्याउने र वस्तीतर्फ आउन नसक्ने बनाउन ह्युमन सोसाईटी इन्टरनेशनलले ५०० किलो मिटर टाढा पठाउने मुश्किल काम सुरु गरेको छ।

पहिला पनि छोडिएको थियो ७० किलोमिटर टाढा

केही दिन अगाडि एक अप्रेशन गरेर ७० किलोमिटर टाढा छोड्दा पनि हात्ती पुन फर्किए आएको छ। त्यसक्रममा बेहोस् हात्तीलाई हेलिकप्टर र क्रेनको सहायताले हात्तीलाई त्याहाँ पुर्याएर छाडिएको थियो। तर ४८ घण्टा नबित्दै हात्ती ७० किलोमिटर हिँडेर पुनः उही ठाउँमा आईपुगेको छ। त्यसपछि हात्तीले पूरै गाउँ ध्वस्त पारेको छ। त्यसपछि सरकारले हात्तीलाई मार्ने निर्णय गरेको हो।

हात्तीको आयु अझै २० वर्ष

ह्यूमन सोसायटी इन्टरनेशनलका प्रमुखले भनेका छन् अब पनि हात्ती फर्किए आयो भने मार्दा पनि फरक पर्दैन। त्यसैले हामी यसलाई अहिलेनै धेरै टाढा पुर्याउन खोजिरहेका छौँ। उनले भनेका छन्, ५ वर्षको यो हात्तीको नाम रिफ राफ हो । यो निकै ठुलो छ भने यो अझै २० वर्ष बाँच्न सक्छ। यसलाई नयाँ ठाउँमा पुर्याउन ११ लाख २० हजार नेपाली रुपैयाँ लाग्दछ।
२०७५ भदौ १० गते १५:२३ मा प्रकाशित

फिल्मका नाम पनि कस्ता? हरिवंशको ‘दाल भात तरकारी’ पछि सृष्टि र सौगातको ‘मासुभात’



काठमाडौं। पछिल्लो समय नेपाली फिल्म उद्योगमा विचित्रका नाम राखेर फिल्म ल्याउने ट्रेण्ड चलिरहेको छ। बरिष्ठ कलाकार हरिवंश आचार्यले ‘दाल भात तरकारी’ नामको फिल्म बनाउने घोषणा गरेको केही दिनमै अर्को फिल्म घोषणा भएको छ । फिल्मको नाम हो ‘मासुभात’। यो फिल्ममा नायक सौगात मल्ल र नायिका श्रृष्टी श्रेष्ठको जोडी देखिनेछ।

वास्तविक जीवनमा समेत प्रेममा रहेका सौगात र श्रृष्टिलाई लिएर बन्न लागेको चलचित्रको नाम ‘मासु भात’ राखिएको छ। यो चलचित्रलाई सञ्जिव न्यौपानेले निर्देशन गर्दैछन्। चलचित्रका अन्य कलाकार र कथावस्तुको बारेमा पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिने न्यौपाने बताउँछन्।

यसअघि ‘दाल भात तरकारी’को निर्माण घोषणा भैसकेको छ। अब, ‘मासु भात’ नाममा चलचित्र बन्ने भएको हो । चलचित्र ‘लालपूर्जा’मा काम गरेपनि सौगात र श्रृष्टीले पर्दामा एकसाथ देखिने मौका भने पाएका थिएनन्। रियल लाइफ जोडीलाई लिएर चलचित्र बनाउने क्रम बढेको समयमा सौगात र श्रृष्टीलाई पर्दामा पनि हेर्न दर्शकको उत्सुकता भने हेर्न बाँकी नै छ।

विप्लवका प्रवक्तालाई २४ घण्टा भित्र उपस्थित गराउन सर्वोच्चको आदेश


काठमाडौं । सर्वोच्च अदालतले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई २४ घण्टाभित्र उपस्थित गराउन सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ ।

न्यायाधीश केदारप्रसाद चालिसेको एकल इजलासले विश्वकर्मालाई २४ घण्टाभित्र उपस्थित गराई महान्यायाधिवक्ता कार्यालयमार्फत लिखित जवाफ पेश गर्न गृह मन्त्रालयलाई आदेश दिएको अदालतका सहप्रवक्ता नगेन्द्र कालाखेतीले जानकारी दिए ।

विश्वकर्माका भाइ वीरेन्द्रले शुक्रबार दर्ता गराएको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि आज सुनुवाइ गरी आदेश दिइएको हो । यससँगै अदालतले तीन पटक सरकारका नाममा आदेश दिएको छ । आदेश दिइएपछि पक्राउ परेका विश्वकर्मालाई छाड्ने र पुनःप्रहरीले पक्राउ गर्ने गरेको छ । सरकारले चन्दा उठाएको र स्काभेटर जलाएको आरोपमा विश्वकर्मालाई पक्राउ गरेको थियो ।

Way to get rid of Gastric (video)



Kathmandu: Various medical healths show that gastric patients suffering at night at least two times a week and this problem persist until the next day.



Today’s lifestyles, work till night, late sleeping, fat, alcohol and smoking increase the problem of acidity. If it is ignored, problems like ulcer and cancer can come. The following measures can be adopted to avoid acidity.



-Do not sleep from right side. It produces excessive digestive acids in the stomach.

-Keep away from late night party, alcohol and drink.

-Before sleeping, do not eat cold drinks, chocolate and coffee.

-Do not eat tomatoes, vinegar and sour fruit in the evening meal.

-Eat fennel and cloves after eating.

-Drink cold milk. This reduces acidity.

-Do not eat heavy and spicy food in the evening.

-Eat 3-4 hours before sleeping in the evening.

-Eat banana, it contains natural antioxidants.

-Eat a light meal in the evening.



Watch the video to know more:

Nepal Idol Kathmandu audition (video)


Kathmandu: The second season of the most popular singing reality show Nepal Idol has started. The show has a lot of expectation after giving a first successful season. The show is a singing reality show which is on aired by the AP1 Television. It is an international Pop Idol franchise that came in Nepal and this is the second season.



In the first edition of the Nepal Idol, Buddha Lama of Pokhara won the first position and succeeded in becoming the first Nepal Idol and Nishan Bhattarai and Pratap Das were second and third respectively.

Namkeen’ Recipe (Video)



Kathmandu: Here is an exclusive video about ‘Namkeen’ recipe. If you follow this exact recipe, you will able to make perfect namkeen at your home.



Required Contents:

All purpose flour (Maida)

Oil

Butter/ Ghee

Thyme seed

Salt



Procedure:

Add all the ingredients in flour and mix well. Then start to knead by adding very little amount of water. Mix it well after adding water. Now let the dough rest for 15 minutes. After 15 minutes, make big flat roti. At first put some oil in hand and give a round shape to the dough and roll it. After rolling completely, cut it straight till the end. Then cut it from side. Now pick up everything and place itKathmandu: Here is an exclusive video about ‘Namkeen’ recipe. If you follow this exact recipe, you will able to make perfect namkeen at your home. Required Contents: All purpose flour (Maida) Oil Butter/ Ghee Thyme seed Salt Procedure: Add all the ingredients in flour and mix well. Then start to knead by adding very little amount of water. Mix it well after adding water. Now let the dough rest for 15 minutes. After 15 minutes, make big flat roti. At first put some oil in hand and give a round shape to the dough and roll it. After rolling completely, cut it straight till the end. Then cut it from side. Now pick up everything and place it in a plate. Watch the video for detail information: in a plate.



Watch the video for detail information:

‘यौनकर्मी’ नल्याएको विवादमा सुरक्षा गार्डको हत्या


विराटनगर । विराटनगर-४ पिपलचौक निवासी ५० वर्षीय सुरक्षा गार्ड टंकप्रसाद भट्टराईको हत्या यौनकर्मी विवादका कारण भएको खुलेको छ।

हत्यामा संलग्न विराटनगर-४ पुलचौकका २६ वर्षीय सन्जय सहनी पक्राउ परेपछि यौनकर्मी विवादमा उनको हत्या भएको खुलेको हो। भट्टराई विराटनगर महानगरपालिका(२ धरानरोडस्थित बिक्की हार्डवेयरमा कार्यरत थिए।

प्रहरीले विराटनगरमा लामो समयदेखि ठेला चलाउने काम गर्दै आएका सहनीलाई आइतबार बिहान विराटनगर–१५ बाट पक्राउ गरेको हो। मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीका अनुसार हत्यापछि फरार रहेका सहनीको घटनामा संलग्नता पुष्टि भएपछि पक्राउ परेका हुन्। उनका अनुसार भट्राई र सहनीबीचको चिनजान पुरानै हो।

भट्राईको शव हार्डवेयर भित्रै बिभत्स अवस्थामा भदौ ३ गते भेटिएको थियो। उनको आँखा फुटाइएको र शरीरका विभिन्न भागमा भाला र रडले रोपेर हत्या गरिएको प्रहरीले जनाएको छ। राति हार्डवेयरमा बसेका भट्टराईको हत्या भएको हो।

पुरानै चिनजानका आधारमा सुरक्षा गार्ड भट्टराईले लागूऔषधको नसामा रहेका सहनीलाई यौनकर्मी खोजेर ल्याउनका लागि भन्दै २५ सय रुपैयाँ दिएर पठाएका थिए।

‘यौनकर्मी खोजेर ल्याइदिने भन्दै भट्राईले दिएको पैसा बोकेर भदौ २ गते शनिबार राति बजार निस्किएका सहनी यौनकर्मी नलिइकन त्यत्तिकै फर्किएपछि दुईबीच विवाद भएछ,’ एक प्रहरी अधिकारीले भने, ‘विवाद बढ्दै गएपछि फलामको रड र भाला प्रयोग गरेर भट्राईको हत्या भएको देखिन्छ।’ आजको अन्नपुर्ण पोष्टमा समाचार प्रकाशित छ ।

चेल्सीको लगातार तेस्रो जित


एजेन्सीं । प्रिमियर लिगमा चेल्सीले लगातार जित हात पारेको छ । आइतबार राति भएको खेलमा न्युक्यासल यूनाइटेडलाई २–१ले पराजित गर्दै चेल्सीले तेस्रो जित हात पारेको हो ।

चेल्सीका लागि इडन हाजार्डले एक गोल पाएका थिए भने डी आन्द्रे यादिनले आत्मघाती उपहार दिएका थिए । यूनाइटेडका लागि जासिलुले एक गोल फर्काएका थिए ।

७६ औं मिनेटमा हाजार्डले पेनाल्टीबाट गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए। ८३ औं मिनेटमा जोसिलुले बराबरी गोल फर्काएपनि ८७औं मिनेटमा आन्द्रले आफ्नै पोस्टमा गोल गर्दा चेल्सी भाग्यमानी रह्यो।

लगातार तेस्रो जितसँगै चेल्सी दोस्रो स्थानमा उक्लिएको छ । लिभरपुलको पनि समान ९ अंक भएपनि गोलअन्तरका आधारमा पहिलो स्थानमा छ।

पहिरोमा परी नुवाकोटमा बालकको मृत्यु


नुवाकोट । पहिरोमा पुरिएर जिल्लाको शिवपुरी गाउँपालिकामा एक बालकको मृत्यु भएको छ ।

शिवपुरी गाउँपालिका–६ का लोकबहादुर तामाङका नौ वर्षीय छोरा अर्पण तामाङको आइतबार पहिरोले पुरेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए ।

बाख्रा गोठालो गएका अर्पणलाई स्थानीय च्यानडाँडाको खोल्सामा माथिबाट पहिरो खसेर पुरेको प्रहरीले जनाएको छ । उनको घटनास्थलमै मृत्युभएको थियो ।

राति पानी दिउँसो जाम, सडक टाल्ने सकियो काम


काठमाडौं । त्यसै त ट्राफिक जाम हुने संघीय राजधानी काठमाडौंमा केही दिनयता जाम झन् बढेको छ । उपत्यकामा दैनिक ७ लाखभन्दा बढी सवारी साधन कुद्ने गरेका छन । अन्तर्राष्ट्रिय सम्मेलन, समारोह हुँदा काठमाडौंको सडक निर्माण गर्ने र सरफाइ गर्न सरकारलाई भ्याइनभ्याई हुन्छ । अघिपछि खाल्डाखुल्डी हुँदा पनि बेवास्ता गर्ने सरकारले विदेशी राष्ट्रप्रमुख आउँदा रातारात रंगरोगन गर्ने गरेको छ ।

बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलन यही १४ र १५ काठमाडौंमा हुँदै छ । त्यसको तयारीका लागि सरकारले अस्तव्यस्त सडकमा टालटुल गर्ने कामलाई प्राथमिकता दिएको छ । सडक विभागले दिउँसोको समयमा सडक टालटुल गर्ने क्रममा राजधानीको दैनिकी नै प्रभावित हुदै आएको छ । व्यस्त सडकमा सवारी रोक्दा घण्टौं जाम हुने गरेको छ ।

पैदल यात्री शम्भु श्रेष्ठ विदेशी पाहुना आउने बेलामा मात्र रातारात सडक टालटुल गर्ने प्रवृत्ति गलत भएको बताउँछन् । उनि भन्छन्– ‘अघिपछि चुप लागेर बस्ने, सडकमा ठूलठूला खाल्डा पर्दा पनि सरकारी निकायले नदेख्ने विदेशी राष्ट्र प्रमुखहरु आउने भएपछि रातारात सडक टाल्नु गलत काम हो ।’

सडक विभागले सडकको संरचनालाई राम्रो बनाउन ठाउँठाउँमा खाल्डखुल्डी टाल्ने काम अगाडि बढाए पनि दिउँसो सवारी जाम र राति पानी पर्दा समस्या झेल्दै आएको छ । पानी परेको बेला सडकमा पिच गर्न मिल्दैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थदेखि बिमस्टेकमा सहभागी हुने आउने पाहुना वस्ने होटलसम्मको सडक चिटिक्क पारेर सिंगार्ने काम धमाधन भइरहेको छ । सडकको दायाँबायाँ रहेको नेपाल टेलिकमको तारको व्यवस्थापन गर्ने, अस्तव्यस्त फुटपात निर्माणलगायतको काम भइरहेको छ । तर अघिपछि भने सरोकारवाला निकाय मौन रहने गरेको छ ।

सडक विभागका महानिर्देशक रवीन्द्रनाथ श्रेष्ठले सडकमा देखिएका खाल्डाखुल्डी पुर्ने र सडकलाई व्यवस्थित बनाउने काम अन्तिम चरणमा पुगेको बताए । उनले भने– ‘रातभर पानी पर्छ, दिउँसो ट्राफिक जामका कारण काम गर्न गाह्रो भएको छ तर पनि सम्पन्न गर्ने क्रममा छौं ।’ उनले ठीक समयमा ठीक काम नगर्दा एकैपटक बोझ बढी परेको उल्लेख गर्दै वर्षाको समयमा सडकमा बढी खाल्डाखुल्डी देखिने गरेको बताए।

‘सडकलाई व्यवस्थित बनाउने काम निरन्तर गर्दै आएका छौं, सडकमा १ सय २० वर्ष पुरानो खानेपानीको पाइपका कारण सडक छिटो भत्कने गरेको छ । सडक भत्किनुको मुख्य कारण केयूकेएलको खानपानीको पाइप नै हो’ –उनले भने ।

सडक निर्माणका क्रममा खानेपानी तथा ढल निकास विभाग, नेपाल विद्युत् प्राधिकरण, नेपाल टेलिकमबीच आवश्यक समन्वय नहुँदा राजधानीका सडक निर्माण सम्पन्न भएलगत्तै भत्किने र भत्काउने क्रम शुरु हुने गरेको छ । सडक निर्माणमा एकीकृत मोडल नहुँदा राज्यले वर्षेनी सडक निर्माणमा ठूलो बजेट खर्च गर्दै आएको छ । महानिर्देशक श्रेष्ठले समन्वय गर्ने एकाइको अभावमा सडकमा समस्या देखिँदै आएको बताउँदै आगामी दिनमा समन्वय गरेर मात्र सडक निर्माणको ठेक्का आह्वान गरिने बताए। नेपाल समाचारपत्र

कोलोराडोमा प्रहरीको गोली लागि एक नेपाली युवकको मृत्यु



नातीबाबु भट्ट
कोलोराडो । कोलोराडोको स्थानीय प्रहरीले गोली चलाउँदा कोलोराडो ब्रुमफिल्डमा शनिवार साँझ एक नेपाली युवाका मृत्यु भएको छ।

स्थानीय मिडिया फक्सन्यूज अनुसार शनिवार साँझ ८ बजेर ४५ मिनेटमा एक जना प्रहरीको गोलीलागि एक युवाको मृत्यु भएको हो। प्रहरीको गोलीबाट अन्दाजी २५ बर्षका वेष्टमिनिष्टरमा स्थायी बसोवास गर्दै आएका बिरेन्द्र ठकुरीको निधन भएको छ।

उनको शव अहिले स्थानिय अस्पतालमा राखिएको छ। समाचार अनुसार करिव ८ बजेर ४५ मिनेट जाँदा स्थानिय फ्रेडल बर्ड र स्टार्ट फोर्ड लेक ड्राइभमा केही व्यक्तिले सडकमा होहाल्ला गरेको प्रहरीले टेलिफोन मार्फत सुचना प्राप्त गरेको वेष्टमिनिष्टर प्रहरीले जनाएको छ।

किन प्रहरीले गोली चलायो कुनै कारण स्पष्ट गरिएको छैन। स्थानिय मिडियाले प्रहरीले गोली लागेका युवालाई अस्पताल लिएर गएको थियो। त्यहाँ उनलाई मृत घोषणा गर्यो भन्ने उल्लेख गरेको छ।

काठमाडौका मृतक ठकुरीको परिवार वेष्टमिनिष्टरमा वस्दै आएका थिए । घटना स्थल कोलोराडोको मुख्य शहर डेनभर नजिकै पर्छ । घरमा दाई र आमा छन्। यो समाचार आएपछि नेपाली समुदायका सदस्यहरु उनको घरमा पुगेका छन्। काठमाडौँ घर भएका ठकुरी अमेरिकामा स्थायीरुपमा वसोबास गर्दै आएको बताइएको छ।

घटना पछि उनको घरमा पुगेका छिमेकीले दुई जना दाजुभाई सांझ उक्त सडकमा पैदल हिडिरहेका थिए। त्यही वेला प्रहरीसँग साक्षात्कार भएका थिए। किन प्रहरीले गोलि चलायो थाहा हुन नसकेको उनले बताए।

आमा बेहोस अवस्थामा रहेकी छन्। सँगै गएका दाईलाई पनि प्रहरीले हड्कडी लगाएर हिरासतमा लिएका थियो। तर उनलाई राती अबेर पुलिसले छाडिदिएको थियो। दाई अहिलेसम्म उठेका छैनन त्यसैले घटना किन कसरी भयो थाहा छैन। छिमेकीलेका अनुसार प्रहरीको गोली पेट तिर लागेको बताइएको छ।

यसको विस्तृत विवरण आउन बाँकी छ।

एउटा ट्याक्सी ड्राइभरले बलात्कार गर्दा पूरा कम्पनी नै बन्द


चीनमा एक ड्राइभरले बलात्कार गर्दा पूरा कम्पनी नै बन्द गरिएको छ ।

ट्याक्सी सेवा प्रदान गर्ने विशाल कम्पनी डीडी हाइटेकका एक ड्राइभरले एक महिला यात्रीको बलात्कारपछि हत्या गरेको घटना पश्चात ट्याक्सी सेवा प्रदायक कम्पनी डीडी हाइटेकले सेवा अस्थायी रुपमा बन्द गरिदिएको हो।

अधिकारीहरुका अनुसार शुक्रबार सो कम्पनीको ट्याक्सी सेवा लिएकी २० वर्षिया महिलाको ड्राइभरले बलात्कारपछि हत्या गरेका थिए। कम्पनीले घटना पश्चात आफ्नो सेवा प्रक्रियालाई पुनःर्मुल्यांकन गर्नका लागि सेवा बन्द गरेको जानकारी दिएको छ।

कम्पनीले बयानमा भनेको छ, ‘यस घटनाबाट के बुझिन्छ भने हाम्रो उपभोक्ता सेवा प्रक्रियामा केहि खराबी छ।’

कम्पनीले डीडी हाइटेकको उप–प्रमुखलाई समेत बर्खास्त गरिसकेको छ। यसअघि केहि महिना अघिमात्र चीनमा यस्तै घटना घटेको थियो।

मे महिनामा चीनको जेंगझाउमा २१ वर्षिया महिलाको समेत ड्राइभरले बलात्कार गरेका थिए। घटना पश्चात डीडी चुसिङ नाम भएको उक्त कम्पनीको नाम डीडी हाइटेकमा परिवर्तन भएको थियो। एजेन्सी

बाक्दो धुलोसहितको हुरीका कारण १७१ विरामी



तेहरान, इरान । इरानको दक्षिणपूर्वी प्रान्त सिस्तान तथा बालुचेस्तानमा चलेको बाक्लो धुलोसहितको हुरीका कारण १७१ जना विरामी भएपछि उनीहरूलाई उपचारका लागि शनिबार अस्पताल भर्ना गरिएको इरानको राज्य सञ्चालित समाचार संस्था आइआरएनएले बताएको छ ।

धुलोसहितको कडा हावाहुरीका कारण ८१० जनामा स्वासप्रस्वास सम्बन्धी समस्या देखिएको र उनीहरूमध्ये गम्भीर समस्या भएका १७१ जनालाई अस्पताल भर्ना गरी उपचार शुरु गरिएको प्रान्तको विपत व्यवस्थापन केन्द्रले जनाएको छ ।

उनीहरूलाई सिस्तान तथा बालुचेस्तानका विभिन्न अस्पतालमा राखी उपचार भइरहेको केन्द्रका प्रमुख अबोल रहमान शाहनभाजीले पुष्टि गरे।
धुलोको प्रभावका कारण केही विरामीहरूमा दृष्टिमासमेत समस्या देखिएको छ भने केहीमा मुटुसम्वन्धी समस्या देखिएको छ ।

उक्त क्षेत्रमा रेडक्रस समाज तथा स्थानीयको सहयोगमा प्रभावितहरूलाई खोजी पानी खाद्यान्नको विवरण तथा उपचारका लागि पठाउने काम भइरहेको साहनाभाजीलाई उद्धृत गरी आइआरएनएले जनाएको छ ।

उक्त प्रान्तका जाबोल, जाहक, हिरमान्द, हामुन र निमरुज शहरहरुमा अत्यधिक धुलोको समस्या देखिएपछि शैक्षिक संस्था तथा नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने केही सरकारी कार्यालयहरूसमेत शनिबार एक दिन बन्द गरिएका छन् । हुरीका कारण केही उडानहरूसमेत प्रभावित बनेका छन् ।

इरानको मौसम विज्ञान महाशाखाले गत अगस्टमा सिस्तान तथा बालुचेस्तान प्रान्तमा धुलोको तहका कारण निम्तिने जोखिमहरूबारे नागरिकहरूलाई सचेत बन्न अनुरोध गरेको थियो ।

महाशाखाका अनुसार धुलोको मात्रा प्रति घनमिटर आठ हजार ७३ माइक्रोग्राम पुगेको र यो सामान्य अवस्थाभन्दा १५० माइक्रोग्राम प्रति घनमिटर बढी भएको महाशाखाका प्रमुख अलि मोलाशाहीले बताए ।

उर्जामन्त्रीलाई प्रश्न : महिना दिनमै किन पड्कन्छ ट्रान्सफर्मर ?



मेश लम्साल
काठमाडौँ । ‘मन्त्रीज्यू पटक-पटक ट्रान्सफर्मर पड्कियो, जिल्लामा रहेको नेपाल विद्युत् प्राधिकरणको वितरण केन्द्रलाई आग्रह गर्यो कुनै सुनुवाइ भएन, हामीले नियमित विद्युत् बाल्न नपाउने हो र ?’

पाँचथरबाट सन्तोष नेपालीले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनलाई टेलिफोन गरेर गुनासो गरे। मन्त्री पुनले नियमित टेलिफोनमा गुनासो सुन्ने र समाधान गर्ने संयन्त्रको विकास गरेको थाहा पाएपछि सन्तोषले पैसा नलाग्ने टेलिफोन नं ११५१ मा फोन गरेर गुनासो राखे।

सन्तोषको थप गुनासो थियो, ‘मन्त्रीज्यू एकरएक महिनामा ट्रान्सफर्मर पडकन्छ, सानातिना उद्योग व्यवसाय गर्न समेत समस्या भयो। समस्या समाधान हुँदैन र मन्त्रीज्यू।’ सन्तोषले पाँचथरका ग्रामीण भेगमा निरन्तर विद्युत अवरोध भईरहेको यथार्थ सुनाए।

सन्तोषको गुनासो सुनेपछि मन्त्री पुनले तत्कालै पाँचथर वितरण केन्द्र प्रमुखलाई फोन गरेर समस्या समाधान गर्न निर्देशन दिए। यही भदौ ८ गते शुक्रबार दिइएको निर्देशनानुसार नयाँ ट्रान्सफर्मर जडान हुने भएको छ। पाँचथर उमाइ गाँउपालिकामा नियमित विद्युत् उपलब्ध हुने भएको छ। मन्त्रीको उक्त निर्देशनसमेत सुनेका सन्तोषले आफ्नो समस्या समाधान भएकोमा खुशी भएर फोन राखे।

मन्त्रालयले तीन सातादेखि हरेक शुक्रबार १२ देखि १३ स्०० बजेसम्म हटलाइनमा नागरिकको गुनासो सुन्ने र समस्याको समाधान गर्ने कार्यक्रम शुरु गरेका थिए। सातामा न्यूनतम १५ देखि अधिकतम २० सम्म गुनासो आउने गरेका छन्।

धेरै गुनासो नेपाल विद्युत् प्राधिकरणसँग जोडिएका छन्। प्राधिकरणले पोल उपलब्ध नगराएको, ट्रान्सफर्मर नपाएको, लामो समयदेखि पोल गाडेको भए पनि विद्युत् नपाएको, उच्च क्षमताका प्रसारण लाइनका कारण प्राकृतिक सौन्दर्य बिग्रेको जस्ता गुनासा धेरै आउने गरेका छन्।

पाँचथरका देवेन्द्र खालिङले मन्त्री पुनलाई फोन गरी पहिलो संविधानसभाको निर्वाचनको समयमा पोल गाडेपनि हालसम्म बत्ती बाल्न नसकेको गुनासो गरे। स्थानीय साना लगानीमा सञ्चार उद्यम गर्न समस्या भएको खालिङको भनाई थियो।

अर्घाखाँची पाणिनीका नारायण गिरीले काठे पोलका कारण दुर्घटनाको जोखिम बढेको भन्दै तत्कालै त्यस्ता पोल विस्थापन गर्न आग्रह गरे। गिरीको गुनासोपछि मन्त्री पुनले काठे पोल विस्थापनको प्रक्रिया शुरु भएको र चालु आवदेखि नै काम शुरु हुने जानकारी दिए।

बझाङका माइकल क्षेत्रीले सदरमुकाममा विद्युत् आउने जाने गरेका कारण समस्या परेको छ भने। माइकलको गुनासो बझाङ वितरण केन्द्रले समाधान गर्ने भन्दै सचिवालयलाई तत्काल व्यवस्था मिलाउन निर्देशन दिए। मकवानपुरबाट अयोद्या भट्टराईले बिना जानकारी विद्युत्भार कटौती भइरहेको र कार्यालय प्रमुख तथा कर्मचारीसँग भेट नहुने समस्या समाधानमा चासो राखिदिन आग्रह गरे। बिर्तामोड-२ चारपानेका दिवाकर शिवाकोटीले आफ्नो टोलमा चार वटा पोल नभएका कारण विद्युत् विस्तार गर्न समस्या भएको बताए।

भोजपुर षडानन्द नपा कुदाक काउलेका भेषराज ढुंगानाले विसं ०६४ मा पोल गाडेको भए पनि हालसम्म विद्युत् नपुगेको र स्थानीयबासी अँध्यारोमा बस्नुपरेको छ भने। निर्माण व्यवसायीले आयोजना अलपत्र पारेको उनको भनाई थियो। सोही नगरपालिकाको नेपालेडाँडामामा पनि पोल गाडिएको लामो समय भएपनि हालसम्म तार नतानिदा विद्युतीकरण हुन सकेको छैन।

मन्त्री पुनले भोजपुर वितरण केन्द्रमार्फत् समस्याको समाधान गरिने आश्वासन दिए। इलामका सौगात शर्माले वैदेशिक रोजगारीमा गएका युवालाई जलविद्युत्मा लगानीको अवसर प्रदान गर्न आग्रह गरे।

मन्त्री पुनले सो परियोजना निकट भविष्यमा नै सञ्चालन गर्ने र मन्त्रालय आफैँले तयारी गरिरहेको बताए। सरकारी स्वामत्विको जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेडले विप्रेषणमा आधारित जलविद्युत् आयोजना सञ्चालन गर्न लागेको जानकारी दिँदै सो कार्यक्रम लागू भएपछि वैदेशिक रोजगारीमा रहेका धेरै नेपाली समेटिने उल्लेख गरे।

बुटवलका अर्जुन शर्माले उच्च क्षमताका प्रसारण लाइन घर तथा बस्ती नजिकबाट गएका कारण सधैँ समस्यामा पर्ने गरेको भन्दै समस्या समाधान गर्न पहल गरिदिन आग्रह गरे। पोखराका नेशनल शर्माले भोल्टेजका समस्याका कारण लेकसाइडमा नियमित कार्य सञ्चालन गर्न समस्या परेको उल्लेख गरे।

सोलुखुम्बु घर भई मुलपानी बस्नुहुने पुस्कर निरौलाले विद्युत् महसुल तिर्न जाँदा थप शुल्क तिर्नपरेको गुनासो गरे। मन्त्री पुनले नागरिकले सरकारलाई विश्वास गरेर टिपाउने समस्याको समाधान गर्न सरकार लागिपरेको बताए। पछिल्लो पटक सरकार छ भन्ने विश्वाससमेत बढ्दै गएको र हटलाइनमा आउने समस्या समाधानका लागि क्रियाशिलता समेत बढाइएको मन्त्री पुनले उल्लेख गरे।

अधिकांश समस्या विद्युतीकरण हुन नसकेको, पोल नपाएको, प्राधिकरणका कर्मचारीले उपभोक्ताको समस्या नसुनेको जस्ता समस्या बढी आएका छन्। ती समस्या समाधान गर्न प्राधिकरणलाई आवश्यक निर्देशन दिइएको मन्त्री पुनको भनाइ छ।
२०७५ भदौ ११ गते ०:१९ मा प्रकाशित

बल्खु तरकारी बजारमा एकाबिहानै विभागको छापा, अधिकांश पसल अवैध



काठमाडौं । बल्खुस्थित तरकारी बजारमा सरकारी टोलीले सोमबार बिहानै छापा मारेको छ । सोमबार बिहान ४ तरकारी बजारमा छापा मारेर उद्योग वाणिज्य तथा आपूर्ति विभागको टोलीले एकजना व्यापारीलाई पक्राउ गरेको छ।

विभागका निरीक्षक अधिकृत दीपक पोखरेलको नेतृत्वमा पुगेको सरकारी टोलीलाई अवरोध गर्न खोज्ने व्यापारी रवि साहलाई पक्राउ गरिएको हो । व्यापारीहरूले सरकारी टोलीमाथि अभद्र व्यवहार समेत गरेका थिए । उनीहरू हुलहुज्जसमेत गरेपछि तरकारी व्यापारी साहलाई पक्राउ गरिएको आपूर्ति मन्त्री मातृका प्रसाद यादवका जनसम्पर्क अधिकृत यज्ञराज पोखरेलले जानकारी दिए ।

सरकारी टोलीको अनुगमनका क्रममा बल्खु तरकारी बजार क्षेत्रका कुनै पनि व्यापारीले व्यवसाय दर्ता नगरेको भेटिएको जनाइएको छ । प्यान दर्ता गरेर पसल सञ्चालन गर्नुपर्ने भए पनि अधिकांश पसल विना दर्ता सञ्चालन गरेको पाईएको हो ।

त्यहाँका अधिकांश व्यापारीले बाहिरबाट कृषकसँग तरकारी किनेर ल्याउँदा कुनै प्रकारको बिलसमेत नराखेको भेटिएको अनुगमन टोलीले जनाएको छ । टोलीले बल्खु तरकारी बजारका सञ्चालक मोहन बस्नेतलाई विभागमा आजै आएर स्पष्टिकरण दिन निर्देशन दिएको छ ।

बल्खु तरकारी बजार कम्पनी ऐन अन्तरर्गत खोलिए पनि त्यहाँको अधिकांश कारोबार अवैध पाइएको हो ।

बार्सिलोनाद्वारा सलाहलाई विश्वकै महँगो खेलाडी बनाएर किन्ने प्रस्ताव



एजेन्सीं– बार्सिलोनाले लिभरपुलका स्टार मोहम्मद सलाहका लागि कीर्तिमानी प्रस्ताव गरेको छ।

स्पेनिस पत्रिका डन बालोनका अनुसार बार्सिलोनाले मोहम्मद सलाहका लागि २ सय ५० मिलियन यूरोको प्रस्ताव पठाएको हो।

जुन हाल विश्वका विश्वकै महँगो खेलाडी नेमारले पाएको रकम भन्दा बढी हो। बार्सिलोनाबाट नेमार पीएसजी पुग्दा २ सय २२ मिलियन यूरो पाएका थिए।

गत सिजनमा प्रिमियर लिगको गोल्डन बुट जितेका सलाहले यसअघि रियल म्याड्रिडसँग पनि जोडिएका थिए। रोनाल्डोले म्याड्रिड छाडेपछि उनको स्थानमा सलाहको नाम जोडिएको थियो।

बार्सिलोनाले उसको परम्परागत प्रतिद्धद्धि म्याड्रिड भन्दा एक कदम अघि बढ्दै सलाहलाई कीर्तिमानी प्रस्ताव गरेको हो।

सलाहले भने आफू लिभरपुलमा खुशी हुँदै आएको बताउँदै आएका छन्।

बसको ठक्करबाट महिलाको मृत्यु



चितवन । बसको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी २५/३० वर्षीया महिला रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

राजविराजबाट काठमाडौँ जान आउँदै गरेको ना ५ ख १५६२ को बसले आज बिहान २ः३० बजे भरतपुर महानगरपालिका–१ रामनगरमा महिलालाई ठक्कर दिएको थियो ।

ठक्करबाट घाइते भएकी महिलाको उपचारका क्रममा बिहान ५ः२० बजे भरतपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । महिलालाई ठक्कर दिने बस र बसका चालकलाई प्रहरी नियन्त्रणामा लिइएको छ । मृतकको सनाखत हुन सकेको छैन ।

भक्तपुरमा करेण्ट लागेर एकको मृत्यु, एक जना घाइते



भक्तपुर । भक्तपुर नगरपालिका–१० कमलविनायकमा करेन्ट लागेर आइतबार साँझ एकको मृत्यु भएको छ ।

घटनामा एक जना घाइते भएका छन् । घाइतेको काठमाडौँ छाउनीस्थित नेपाली सेनाको सैनिक अस्पतालमा उपचार भइरहेको छ । कमलविनायकस्थित पाइपलाइनस्थित नाती प्रजापतिको निर्माणाधीन दुई तल्ले घरको छतमा जस्ता राख्न फलामको पाइप उठाउनेक्रममा पाइपले बिजुलीको तारमा छुन गई करेन्ट लागेर सोही स्थान बस्ने ५७ वर्षीय रुद्र काफ्लेको मृत्यु भएको हो ।

घटनामा घाइते भएका काफ्ले अर्का घाइते ३८ वर्षीय हीराबहादुर खड्कालाई तत्काल उद्धार गरी उपचारका लागि भक्तपुर अस्पताल लगिएकोमा अस्पतालका चिकित्सकले काफ्लेलाई मृत घोषणा गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए ।

अर्का घाइते खड्कालाई भक्तपुर अस्पतालले थप उपचारका लागि सैनिक अस्पताल रिफर गरेको प्रनाउ पोखरेलले बताए। घटनाको महानगरीय प्रहरी वृत्त जगातीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।रासस

आज गाईजात्रा, यस्तो छ धार्मिक तथा सांस्कृतिक महत्व



काठमाडौँ। भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ।

एक वर्षभित्र दिवङ्गत आफन्तका सम्झनामा आज गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आआफ्ना इलाकामा परिक्रमा गराउनाका साथै उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ। यसरी नगर परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ।

राजा प्रताप मल्लले पुत्रशोकले विह्वल आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन “जनतालाई आआफ्नो मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली शहर परिक्रमा गराउनू” भनी आज्ञा दिएकामा यतिले पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम पनि गराउने आदेश दिएअनुरूप जात्राको प्रचलन चलेको हो भन्ने जनश्रुति पाइन्छ।

यसै बेलादेखि प्रचलनमा आएको गाईजात्रा हनुमानढोकास्थित राजप्रासाद(राजदरबार) भएर जानुपर्ने प्रथा अहिले पनि कायमै छ। देशका विभिन्न शहरमा गाईजात्रा मनाइने भए पनि काठमाडौँ उपत्यकामा यसमा विशेष रौनक पाइन्छ।

भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाइने यस पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणको करुणरसका गीत पनि गाइन्छ। व्यवस्थाप्रति व्यङ्ग्य गरेको भन्दै विसं २०१७ पुस १ गतेको शाही कूपछि गाईजात्रामा पनि प्रतिबन्ध लागेको वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी सम्झिन्छन्।

“विसं २०३३ मा नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानले महोत्सवका रुपमा झाँकी र हास्यव्यङ्ग्यसहित गाईजात्रा मनायो, त्यसपछि प्रज्ञाले सात वर्षसम्म यसलाई निरन्तरता दियो”, त्यसबेलाको घटना सम्झँदै उनले भने। हास्यव्यङ्ग्यले बुझ पचाएर जथाभावी गर्नेलाई सचेत गराउने र अनर्थतामा सार्थकता झल्काउने संस्कृतिविद् जोशीको भनाइ छ।

जात्राका क्रममा पाटनमा देखाइने सत्ययुगको धानचामलको नमूना तथा काठमाडौँको ठमेलमा स्वर्ण र रजताक्षरमा लेखिएका पुस्तक विशेष दर्शनीय मानिन्छन्। आजभोलि गाईजात्राका अवसरमा समाजमा विद्यमान विकृति र विसङ्गति उजागर गर्न सार्वजनिक रूपमा मनोरञ्जनात्मक तथा व्यङ्ग्यात्मक ढङ्गले विविध कार्यक्रम आयोजना गर्ने र पत्रपत्रिकामा पनि सामाजिक कुरीतिलाई समेटेर हास्यव्यङ्ग्य अङ्क प्रकाशन गर्ने गरिन्छ।

गाईजात्रा पर्व काठमाडौँ उपत्यकालगायत काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट, दोलखा, खोटाङ, भोजपुर, सङ्खुवासभा, इलाम, सुनसरी, मोरङ, पर्सा, मकवानपुर, कास्की, पाल्पा लगायत जिल्लाका शहरमा पनि मनाइन्छ । गाईजात्राका अवसरमा काठमाडौँ उपत्यकामा सार्वजनिक बिदासमेत दिइन्छ। रासस