Sunday, 26 August 2018

सिराहा मा दुखद घटना : आफ्नै छोरा काल बनेर आएपछी 45 बर्ष को उमेरमै उमेश बिते …


सिराहा मा दुखद घटना : आफ्नै छोरा काल बनेर आएपछी 45 बर्ष को उमेरमै उमेश बिते …

छोराले आफ्नै बुबालाई कुटेर मरे , छोरा पक्राउ लहान । आफ्नै छोराको कुटपिटबाट गम्भीर घाइते सिरहाको लहान नगरपालिका–१८ मनर्वाका एक जनाको मृत्यु भएको छ ।

घरायसी विवादमा २५ वर्षीय छोरा सञ्जय सदायको कुटपिटबाट गम्भीर घाइते भएका ४५ वर्षीय बुबा उमेश सदायको उपचारको क्रममा शनिबार साँझ विराटनगरस्थित न्यूरो अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

छोराको कुटपिटबाट गम्भीर घाइते भएका सदायको लहानस्थित रामप्रसाद उमा स्मारक अस्पतालमा भर्ना गरिएकोमा त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि न्यूरो अस्पताल

विराटनगर भर्ना गरिएको थियो । उपचारका क्रममा शनिबार उहाँको मृत्यु भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।

बाबुलाई कुटपिट गर्ने सञ्जयलाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

No comments:

Post a Comment