महिनावारीलाई हिन्दु धर्मका विभिन्न कथाहरु सुनाइदा पापको रुपमा सुनाइन्छ । त्यसैले महिनावारी भएको महिला मन्दिर वा पूजा गर्ने ठाउँमा, भान्सामा, पवित्र स्थलमा जानु हुँदैन र पवित्र मानिने वस्तुहरु छुनु हुँदैन भन्ने मान्यता छ ।
युवा ज्योतिष हरिहर अधिकारिले भने यस विषयमा आफ्नो छुट्टै विचार राखेका छन् । उनका अनुसार महिनावारि बार्नु धर्मसंग होइन परम्परासंग जोडीएको छ । धर्ममा कतै पनि महिनावारीलाई पापको रुपमा व्याख्या नगरिएको उनी बताउँछन् ।
अधिकारी भन्छन्, ‘मन्दिरहरु गाउँ देखि धेरै टाढा, जंगलमा बनाइने गरिन्थ्यो । महिलाहरु हरेक दिन मन्दिरमा पूजा गर्न जान्थे । महिनावारिको समयमा रगतको गन्ध छिटो थाहा पाउन सक्ने जनावरहरुले उनीहरुलाई आक्रमण गर्न थाले ।
जसले गर्दा महिनावारीको समयमा मन्दिर जान नहुने चलन एउटा घरले चलायो । त्यसलाई राम्रो मानेर अरुले पनि त्यही चलन अपनाउन थालेपछि त्यो परम्परा बन्यो ।
No comments:
Post a Comment